। यश क्षेत्र साना ठुलो पहाडहरु, फराकिलो सागुरा उपत्यका, बेसी टार,भिरपाखा पाखा पखेराहरु रहेको छ । दक्षिणमा करीब 300 मिटरदेखि उत्तरमा 3000 मिटरसम्मका अग्लो भुभाग देसको 68% धरातल ओगटेर 76 किलोमिटर देखि 125 किलोमीटर सम्म फराकिलो भएर फैलीएको छ । नेपालको हिमाली क्षेत्र र तराइ क्षेत्रको तुलनामा पहाडी क्षेत्रले सबभन्दा धेरै भुभाग ओगटेको हुदा नेपाललाइ पहाडी मुलुक भनेर पनि चिनिन्छ । यश क्षेत्रमा इलाम, पाचथर, तेह्रथुम , धनकुटा , भोजपुर ,खोटाङ , उदयपुर ,ओखलढुंगा, सिन्धुली ,रामेछाप ,काभ्रे , काठमाडौ , भोजपुर ,ललितपुर ,नुवाकोट ,धादिङ , मकवानपुर ,तनहुँ ,लमजुङ ,कास्की ,गोरखा,स्याङ्जा ,पर्बत,पाल्पा, गुल्मी, अर्घाखाँची ,म्यादी ,बाग्लुङ, प्युठान ,रोल्पा ,रुकुम,सल्यान ,जाजरकोट ,सुर्खेत ,दैलेख ,अछाम ,डोटी ,डडेल्धुरा र बैतडी गरि 39 वटा जिल्लाहरु पर्दछन ।

पहाडी क्षेत्रको बिभाजन श्रेणी
चुरे पर्बत श्रेणी
नेपालको दक्षिणमा अबस्थित पुर्बदेखी पछ्चिम सम्म फैलीएको समुन्द्री सतह देखि 601देखि 1872 मिटरको उचाइसम्म भएको पर्बतमालालाइ चुरे पर्बत भनिन्छ । बाह्य हिमालय भनिने यो पर्बत शिवालिकको नामले समेत प्रसिद्द छ । चुरे पर्बत पश्चिम् मा अग्लो र पुर्बमा होचो हुँदै बिलाएको लगभग 2000 मिटरसम्म अग्लो रहेको छ । यश क्षेत्रमा गरम हावापानी पाइने गर्छ । यो क्षेत्रले 12.7% भाग 1879000 हेक्टर जमीन ओगटेको छ।

यो क्षेत्रको माटो बर्षाको पानी थाम्न सक्ने खालको छैन । बाताबरणको हिसाबले यो क्षेत्र धेरै संबेदनसिल मानीएको छ । करीब 93% भुभाग ज्यादै रुपमा ठाडो र अफ्ट्यारो भएको कारणले खेतीका लागि उपयुक्त छैन । सिवालिक क्षेत्रमा खेती हुनसक्ने जमीन करीब 24% 529600 हेक्टर भाग रहेको छ । यो क्षेत्रमा फलफूल र तरकारी कमै मात्रामा उत्पादन हुन्छ ।
यो क्षेत्र बालुवा , कङकट,ढुङ्गा र्खुकुला खस्रो पदार्थले बनेको छ। यो क्षेत्रमा जनसंख्या बिर्दी भएको कारणले बन जङ्गल बिनास गरेको छन त्येसले गर्दा यो क्षेत्रमा भुछेय र प्राकृतिक घटना हुने गर्छ ।

महाभारत श्रेणी

नेपालको पुर्ब- पश्चिम फैलीएको समुन्द्र सतहदेखी 12000 फिटसम्म उचाइको भागमा रहेको भाग हो । यो भागमा सेल,स्यान्ड्स्टोन, लाइमस्टोन,मार्बल,स्टेलजस्ता चट्टान हरु रहेको छ । कर्णालीले चिसापानीमा कालीगण्डकीले देवघाटमा त्रीशुलीले गजुरीमा र कोसीले चतरामा छेडो बनाएको छ। ठाउठाउमा टार हरु पालुङटार सल्यानटार रुम्जाटार र उपत्यका बनेका छन । यहाको हाबापानी रमणीय र स्वास्थ्यकर हुदा महाभारत पर्वत श्रेणीलाई नेपाल्को हिल स्टेसन पनि भन्ने गरीन्छ । सैलुङ्ग , ट्याम्के,जैथक,फुलचोकी,शिवपुरी, छिम्केश्वरी , दामन, स्वर्गद्वारी , साकीने डाडा खोचे आदि यहाका प्रमुख सिखररहु हुन ।


मध्यभुमी श्रेणी
नेपालका चमेलिया, त्रीशुली,सुनकोसी र अरुण तथा तमोर नदिद्दारा निर्मीत ठुला उपत्यका एवं समथर र उर्वर क्षेत्र हो । यहाँ तुम्लिङटार, रुम्जाटार, मंगल्टार,खुमलटार,बट्टार, सल्यानटार, खैरेनीटार, चौरजहारीटार जस्ता टार हरु रहेका छन। मध्य पर्बतीय क्षेत्रले 29.5% लगभग 4350300 हेक्टर जमीन ढाकेको छ । यहाको हावापानी हरेक साल कृषिको लागि उपयुक्त रहने गर्छ। यश क्षेत्रको तापक्रमको कुरा गर्ने हो भने न जाडो न गर्मी ठीक्क रहने गर्छ। करीब 87% भाग जमिनमा खेतीयोग्य रहेको छ भने यी सबै भाग हरु डाडा पाखा र भिरमा रहेका छन। अहिले जनसंख्या वृद्धिले गर्दा यस क्षेत्रको जमीनमाथी चाप परेको छ ।

यस क्षेत्रमा ग्रेनाइट , चुनढुङ्गा, डोलोमाइट,सेल, स्यान्डस्टोन, स्लेट र क्वार्टजाइटले बनेको छन । पहाड आफैमा विविधता भएकाले यहाँका घर निमार्ण तरीका लबाइखबाइ रहन सहन पेसा मा पनि अरु क्षेत्रको तुलनामा भिन्ननै रहेको छ । यस क्षेत्रको हाबा पानी फलफुल खेती विभिन्न किसिमका जरीबुटीहरुको उत्पादनमा अनुकुल हुने किसिमको रहेको छ । पहाडका दक्षिण तर्फ पाखामा बस्ती र खेती धेरै पाइन्छन । यसमा इलाम , धनकुटा , चैनपुर ,भोजपुर , ओखलढुंगा ,बनेपा ,दोलखा ,काठमाडौ, पोखर जुम्ला,सल्यान ,डोटीजस्ता साना ठूला बस्ती हरु पर्दछन ।

पहाडी क्षेत्रको कुल बस्ती मध्य 1000 मिटरको उचाइमा 16.37%,1001-2000 मिटरसम्ममा 59.09% र यश भन्दा माथी 3000 मिटर सम्ममा 19.99% बस्तीहरु रहेका छन । सबै भन्दा धेरै बस्तीहरु 1001-2000 मिटर सम्ममा रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *