काठमाडौं : चितवनमा रुखको हाँगा काट्ने क्रममा दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ। गणको कम्पाउण्डमा रहेको रूखको हाँगा काट्ने क्रममा कालिका नगरपालिका- ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् गोरखाको शहीद लखन गाउँपालिका ६ बतासे निबासी सुवेदार राजुबाबु श्रेष्ठ र गोरखा नगरपालिका ११, बाह्रकिलो निबासी सैनिक जवान साजन कुमालको मृत्यू भएको चितवन प्रहरीले जनाएको छ ।

ब्यारेकभित्र रहेको विजुलीको तार रुखले छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए। रुखको हाँगा काट्ने क्रममा करेण्ट लागेर दुईजनाको मृत्यू भएको चितवन प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा र श्रेष्ठको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यू भएको उनले बताए।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *