काठमाडौं, २८ भदौ
सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । गए राती पौने तीन बजे गएकाे भीषण पहिरोले जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा १८ घर बगाएको छ । ठुलाे धनजनको क्षति हुनको साथै १२ जना बेपत्ता भएका बार्हबिसे न.पा. उपप्रमुख ले बताएकी छिन ।

७ घुम्थाङको नागपुजेमा आज बिहान खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको छ। थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताएका छन ।

घटनास्थलमा नेपाली सेना पुगिसकेको र नेपाल प्रहरी र शस्त्र प्रहरीको टोलि जाँदै छन । स्थानीय खोजी कार्यमा जुटेका छन् । मौसम प्रतिकुल भएकोले उद्दारमा कठिनाइ भएको तेहाका जनप्रतिनिधिहरुले बताएका छन ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *