काठमाडौं भदाै ३०, मङ्गलबार
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट औपचारीक रुपमा बिदा भएका छन् । आइतबारनै कार्यकाल सकिएका घिसिङलाई प्राधिकरणका कर्मचाहरुरीले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका हुन् । कोरोना संक्रमणका कारण भिडभाड गर्न नमिल्ने भएकालेपनि केही सिमित कर्मचारीको उपस्थितीमा बिदाइ गरिएको हो । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणले कार्यकारी निर्देशकको बिषयमा कुनैपनि निर्णय नगरेपछि कुलमानलाई बिदाई गर्न लागीएको हो।

४ वर्षे कार्यकाल पुरा गरेर उज्यालो नेपाल बनाएका कुलमान घिसिङले आफ्नो कार्यकालमा वाहवाही कमाएका  थिए । घिसिङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिदै प्राधिकरण देशकै नाफामुखी सस्थान र देश लोड सेडिङ मुक्त भएकोमा खुसी प्रकट गरे।

हिजोका दिनमा विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो। अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ। यो विषय हाम्रो लागि राम्रो हो घिसिङले जाँदाजादै बिदाइ भाषणमा उक्त कुरा उल्लेख गर्नुभएको थियो। सामाजिक संजाल हाेस् या सडक अहिले कुलमान घिसिङ काे समर्थनमा चर्चा परिचर्चाले भरिएको छ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *