काठमाडौं-भदौ ३१
पर्यटन ब्यवशायी तथा समाजसेवी प्रेम कुमार खत्रीले गोरखाका ११ वटै स्थानीय तहलाई लाखाैं बराबरकाे स्वास्थ्य सामाग्री भिटिएम किट्स साथै सर्जिकल मास्क सहयाेग गरेका छन् ।

बुधवार गोरखाका ११ वटै स्थानीय तहलाई ४ हजार ८ सय थान कोरोना परीक्षण किट्स (भिटिएम) र १० हजार सर्जिकल मास्क खत्रीले सहयोग गरेका हुन ।

गोरखा नगरपालिकालाई नौ सय थान, चुमनुब्रीलाई दुई सय, धार्चे तीन सय, आरुघाट पाँच सय, भिमसेन चार सय, शहिदलखन चार सय, गण्डकी पाँच सय, पालुङटार चार सय, सिरानचोक चार सय, बारपाक सुलिकोट चार सय र अजिरकोट गाउँपालिकालाई चार सय थान मास्क सहयोग गरिएको उनले बताए ।

उक्त स्वास्थ्य सामग्री जिल्ला समन्वय समिती गोरखाका प्रमुख अशाेक कुमार गुरुङ्ग मार्फत स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई हस्तान्तरण गरेकाे थियोे।

लामो समय देखि पर्यटनको क्षेत्रमा काम गर्दै आउनुभएका समाजसेवी खत्री नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । उनले यसअघि पनि जिल्ला प्रशासन गाेरखा, गाेरखा अस्पताल, नेपाल पत्रकार महासंघ गाेरखा, लगायतका संघसंस्था जिल्लाका स्थानीय तहहरुलाई थर्मल गन, मास्क लगायतका स्वास्थ सामाग्री समेत सहयाेग गरेका थिए ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *