
काठमाडौं- असाेज २
रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ। भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन जयनगर जनकपुरका लागि हिँडिसकेको छ । रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
२ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
रेलवे विभागले रेल सञ्चालनका लागि यसै साता प्राविधिकसहित कर्मचारी भर्नाको विज्ञापन निकालेको छ । प्राविधिकसहित १ सय २९ जना कर्मचारी भर्नाका लागि रेलवेले सूचना प्रकाशनपनि गरिसकेको छ ।
रेलवे विभागका महानिर्देशक मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
तस्बिरहरू हेर्नुस्





