काठमाडौं – असाेज २
पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै अाईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।अचेल दैनिकजसो बजारमा फरकफरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नअाएका हैनन्। दिनहुँजसो अाईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा र परिचर्चा बटुल्न सफल भैरहेका हुन्छन।

यसै सन्दर्भमा ‘फुल्यो बामरी’को अपार सफलता पछि बामरी -२ ‘गाईलाइ खरि घाँस’ बोलको गित सार्वजनिक भएको छ । यो गितमा आवाज चर्चित गायिका प्रिती आले र लोकदोहोरी गायक कुमार पुनको रहेको छ ।

गीतमा शब्द सुबाश के.सि को रहेको छ भने संगीत ‘शिव हमाल’को रहेको छ। त्यसैगरी उक्त म्युजिक भिडियोलाई शंकर बि सि ले निर्देशन गरेका छन् । भिडियोमा सुबाश के सि र रन्जिता गुरुङको दमदार अभिनय देख्न सकिन्छ । भिडियो छायांकन दुर्गा पौडेल तथा सम्पादन नवीन घर्ती मगर ले गरेका छन। एरेन्ज भने बिश्वास नेपाल को रहेको छ ।भिडियो प्रिती आले सुबाश के.सि युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

नेपाली लोक दोहोरी गायनको क्षेत्रमा कुमार पुनको बेग्लै पहिचान छ । उनको गायन सबैले मन पराउँछन् । यसअघि आले र पुन ले नै गाएको बामरी बामरी म भोलि गइहाल्छु बसे रामरी बोलको गीतको सर्वाधिक लोकिप्रय बन्यो ।

भिडियाे हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *