काठमाडौं – असाेज ३
पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान । पछिल्ला समयमा आएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन्। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।अचेल दैनिकजसो बजारमा फरकफरक धार र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नआएका हैनन्। दिनहुँजसो आईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा र परिचर्चा बटुल्न सफल भईरहेका हुन्छन।

यसै सन्दर्भमा लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको सुमधुर आवाजमा रहेको दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक भएको छ ।
सर्जक शिव हमालकाे उत्कृष्ट लय शब्दमा सिर्जित उक्त गितमा सुनील परियारको संगीत संयोजन रहेको छ भने उक्त गीतको भिडियोलाई सर्जकशिव हमालकै अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेकाछन् भने राजेश घिमिरेको छायांकन तथा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।
उक्त गितको म्युजिक भिडियोमा सर्जक शिव हमाल, कृष्ण रेउले, रमेश बाबु थापा, अर्जुन खड्का, मोडल रिना थापा, रितु तामाङ, अस्मीता राना, अर्चना काउचा, निशा मगर, सञ्जिता राना, कमल–नारायणी, प्रियंका नेपाली, रबिन ठकुरी, विमला गुरुङ, शरद एलजी, हरि घिमिरे, रमेश खाँण, सुमित्रा खाँण, अकवर खाँण र राजकुमार अधिकारी लगायत धेरै कलाकारहरुले अभिनय गरेका छन् ।
भिडियो हेर्नुस्