काठमाडौं- असाेज ३
पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।अचेल दैनिकजसो बजारमा फरकफरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नआएका हैनन्। दिनहुँजसो आईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा र परिचर्चा बटुल्न सफल भैरहेका हुन्छन।

पछिल्लो समय बजारमा दशैका गितहरु लगातार आइरहेका छन । यसैक्रम मा गायक प्रकाश सपूत, गायिका माण्डबी त्रिपाठी तथा तेजस्वी पन्तको आवाजमा एउटा फरक किसिमको नयाँ गीत ‘उड्यो चरी को म्युजिक भिडियो बजारमा आएको छ ।

गितमा शब्द तथा सङ्गित करण न्यौपाने को रहेको छ। त्यसैगरि देवेन्द्र बब्लु तथा समुहले यो भिडियो तयार पारेका हुन। भिडियो मा सबिन पोखरेल , एभेलिना खड्का र रोशनि कार्की को अभिनय देख्न सक्छौ । विन्ध्यवासिनी म्युजिकको यूट्युब च्यानलबाट गितलाइ बजारमा ल्याइएको छ ।

उक्त भिडियोमा भिउज मध्यम स्तरले बढिरहेको छ ।पछिल्लो समय जति पनि बजारमा आएका गित प्रचार को नाममा म्युजिक भिडियोहरुलाइ युटुबमा बुस्ट गरिरहेका छन। तर विन्ध्यवासिनीका सञ्चालक तथा उक्त भिडियोका निर्माता सुवास रेग्मीको फेसबुक स्टाटस अनुसार उक्त गीत यूट्युबमा बुस्ट गरिएको छैन । त्यसैले पनि यो गित को भिउज औसत रुपमा अघि बढिरहेको छ। भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *