काठमाडौं-असाेज ३

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा १२ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

पछिल्लो २४ घण्टामा १० हजार ३३३ पीसीआर परीक्षण भएसँगै नेपालमा अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ।

त्यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ४४७ जना कोरोना संक्रमित निको भएकाछन्। जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।भने नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

कुन जिल्लामा कति विवरण हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *