काठमाडाैं- असाेज ३

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।

बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।अचेल दैनिकजसो बजारमा फरकफरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नआएका हैनन्। दिनहुँजसो आईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा र परिचर्चा बटुल्न सफल भैरहेका हुन्छन।

भोलि ब्यान सबेरै हिन्न छ त्यै भएर मेरो मन खिन्न छ.. परदेशीको कथा… ओठको हाँसो हेर्नीलाई मनमा पिर छ अथाह !

पछिल्लो समय बजारमा विभिन्न किसिमका गितहरु लगातार आइरहेका छन । यसैक्रममा गायक गोविन्द चापागाईं र गायिका रमा राना मगर को आवाजमा एउटा फरक किसिमको नयाँ गीत ‘परदेशिको कथा’ म्युजिक भिडियो बजारमा आएको छ । गितमा जिम्मेवारी तथा गरिबीले मातृभूमि तथा परिवारै छाड्नु परेको तितो सत्यलाई सुन्दर शैलीमा प्रस्तुत गरिएको छ । दिवस थापा मगरले संगीत संयोजन गरेको गीतमा मनोज नेपाली र सपना नेपालीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाइ समीर रामदामले सम्पादन गरेका छन भने शिव राजा र अनीश कार्कीले भिडियो खिचेका हुन । बाबा ईन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत बजारमा ल्याइएको गीतमा संगीत दवाडीकै रहेको छ ।

भिडियाे हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *