काठमाडौं- असाेज ३ २०७७
पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान ।

समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।

बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो बजारमा फरकफरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नआएका हैनन्। दिनहुँजसो आईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा र परिचर्चा बटुल्न सफल भैरहेका हुन्छन।

पछिल्लो समय बजारमा विभिन्न किसिमका गितहरु लगातार आइरहेका छन । यसैक्रममा गायक विक्रम परियार र गायिका बिन्दु परियार को आवाजमा एउटा फरक किसिमको नयाँ गीत ‘दिलको राजधानी’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

गितमा कृष्ण कँडेलको शब्द र सङ्गीत तथा एरेन्ज राजेश बर्देवाको रहेको छ । विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ । त्यसैगरी गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र गायक मोडल दुर्गेश थापा को दमदार अभिनय देख्न सकिन्छ । भिडियोमा रवीन्द्र तितुंग लामाको समेत अभिनय रहेको छ । गितलाइ राजेश बर्देवा युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *