काठमाडौं- असाेज ४-२०७७

पृथ्वी राजमार्गको गल्छी गाउँपालीका स्थित चिरौदी पुल नजिकैबाट गल्छी गाउँपालिकाको बैरेनीमा पेट्रोलियम पदार्थ बोक्ने ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । त्रिशूलीमा खसेको उक्त ट्यांकरमा आगो लागेको छ।

भारतबाट २० हजार लिटर पेट्रोल बोकेर काठमाडौँ आउँदै गरेको उक्त ट्याङ्कर राति १ बजेको समयमा त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले जानकारी दिए । 

ट्याङ्कर चालक सुदीप बोहोरा र सहचालक सुरक्षित छन् । उनीहरु बिहान मात्रै प्रहरीको सम्पर्कमा आएका हुन् । ट्याङ्करको स्टेयरिङ भाँचिएर नियन्त्रण गर्न नसक्दा पल्टिएको चालक बोहोराले प्रहरीसमक्ष बताएका छन्।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *