काठमाडौं- असाेज ४,२०७७

पछिल्लोसमय विकराल रुपमा फैलिदै गएकाे र भयावह बनिरहेको काेराेना भाइरसकाे कारण रामेछाप घर भएका काठमाडौँ उपत्यकामा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको छ ।

३४ वर्षीय मृतक सैनिक जवान लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत थिएँ उनको भदौ २९ गते उपचारकै क्रममा मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। प्रवक्ता पौडेलका अनुसार उनको मृत्यु पश्चात् असोज १ गते उनमा कोरोना पोजेटिभ देखिएको रिपोर्ट अाएकाे थियो ।

सुरक्षा निकायमा कार्यरत कर्मचारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको नेपालमा याे पहिलो पटक हाे।यसभन्दा पहिले सुरक्षा निकायमा कार्यरत कुनै पनि कर्मचारीकाे काेराेनाबाट मृत्यु भएको थिएन।

हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पाईएकाे छ। ती मध्ये १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने ४०१ जना निको भइसकेका छन्।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *