एजेन्सी, असाेज ४, २०७७
कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किएका एक जना पुरुष अाफ्ना प्रेमीकासँगै पक्राउ परेका छन् ।
याे घटना नेपालकाे नभई भारतकाे ईन्दौंर भन्ने ठाउँको हो । भारतीय सन्चार माध्यमहरुका अनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका उक्त पुरुष लामोसमयसम्म सम्पर्कविहिन भएपछि उनकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।
ईन्दौंरको ताजोलमा बस्ने ती २८ वर्षीय पूरुषलाई खोज्न प्रहरीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेसन सेन्टरमा खोजी शूरु गरेको थियो ।प्रहरीको लामो समयकाे खाेज अनुसन्धानपछि उनको पत्तो लाग्याे। उनले पुरानो मोबाइल नम्बर बन्द गरेर नयाँ नम्बर चलाउने गरेको थाहा पाएपछि।
प्रहरीले उक्त नम्बर ट्रेसिङ र लोकेसनका आधारमा प्रहरीले उनलाई पक्रन सफल भयो । जब उनी फक्राउ परे तब उनको एकाएक सबै पोल खुल्न थाल्याे। म उनी नाम बदलेर प्रेमिकासँग एउटा घरमा बस्दै आएका रहेछन् ।