काठमाडाैं असाेज ५, २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो बजारमा फरकफरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नआएका हैनन्। दिनहुँजसो आईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा र परिचर्चा बटुल्न सफल भैरहेका हुन्छन। पछिल्लो समय बजारमा विभिन्न किसिमका गितहरु लगातार आइरहेका छन ।

यसैक्रममा रबिन सापकोटा र सुमित्रा तामाङको आवाजमा एउटा फरक किसिमको नयाँ गीत ‘पार्‍यो नि भुतुक्कै’ बोलको को म्युजिक भिडियो बजारमा आएको छ ।गितमा शब्द तथा संगित राजु बिरहीको रहेको छ । भने माधब श्रेस्ठको निर्देशन रहेको म्युजिक भिडियोमा रक कौशलको छायाँकन र पदम सुबेदिको सम्पादन रहेको छ ।

गितमा एरेन्ज भने सन्जय श्रीपालको रहेको छ । त्यसैगरी गीतको भिडियोमा लोमश शर्मा र रितु तामाङको दमदार अभिनय देख्न सकिन्छ । गितलाइ ओएसआर डिजिटल युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियाे हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *