हुम्ला, ५ असोज । नेपाली भूमिसँग सीमा जोडिएको चीनको सिमाना लाप्चा क्षेत्रमा चिनियाँ पक्षले अवैध रूपमा भवन निर्माण गरिरहेको छ । नेपाली भूभागमै पर्ने हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो । दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालतिर नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको छ ।, ‘शनिबार मात्र लाप्चा क्षेत्र पुगेर फर्किएका सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको बताए । लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ जान नदिएको उनले बताए ।, ‘उक्त भवन के प्रयोजनका लागि निर्माण गरिएको हो भन्ने जानकारी पनि नभएको रावतले बताए । यसअघि २०६६ सालमा सोही स्थानमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको भए पनि नेपाली पक्षको विरोधपछि चिनियाँ पक्षले उक्त निर्माण कार्य रोकेको थियो । हाल थप नयाँ भवन निर्माण गरेको टाढाबाटै देखिने तर सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न समेत नदिएको बताइएको छ ।, ‘तर चिनियाँ सुरक्षाकर्मीहरु भने गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहेको एक हप्ताअगाडि लाप्चा पुगेका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए । हाल भवन निर्माण भएको स्थानभन्दा ७-८ सय मिटर पर डाँडामा १२ नम्बर सीमा स्तम्भ रहेको छ भने त्यो सँगै नजिकै ११ नम्बर सीमास्तम्भ पिल्लर, भने हराएको छ । जो हालसम्म पत्ता लगाउन नसकिएको नाम्खा वडा नम्बर ६ का वडा अध्यक्ष पाल्जोर तामाङले पनि बताए ।, ‘नेपाली भूमिमा चिनियाँ पक्षले भवन बाएको जानकारी पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा यसबारे बुझ्न र सीमा स्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा टोली लाप्चा गएको छ । अहिले सुनेको भए पनि वास्तविकता के हो? त्यहीँ गएर जानकारी लिने र के भएको हो, टुङ्गो लगाएर आउने प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।, ‘भवन बनाइरहेको क्षेत्रको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र नाम्खा गाउँपालिकाका अध्यक्षको टोली उक्त क्षेत्रमा गएको छ ।, *पिल्लर हराएको ५ वर्षसम्म पनि खोजी भएन* ‘चीन र नेपालको सीमामा हराएको स्तम्भको खोजीकार्य कुरामा मात्र सीमित भएको छ । नेपाल र चीनसँग जोडिएका सीमाका पिल्लरमध्ये हुम्ला जिल्लासँग १२ वटा पिल्लर रहेकोमा नाम्खा गाउँपालिका – ६ लिमीसँग जोडिएको ११ नम्बरको पिल्लर भत्केको वा हराएको हो, कसैलाइ थाहा छैन ।, ‘२०७२ सालमा जिल्ला प्रशासन कार्यालय हुम्ला र तिब्बतको स्वशासित क्षेत्र ताक्लाकोटको पुराङ्ग प्रशासनसँग वर्षेनी गरिने सीमा वार्तामा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले प्रमुख एजेन्डाका रुपमा राखेपछि दुवै पक्ष मिलेर उक्त स्तम्भ खोजी गर्ने सहमति भएको थियो । तर सहमति भएको ५ वर्ष बिति सक्दा पनि अहिलेसम्म दुवै पक्षबाट सो स्तम्भ खोजीका लागि कुनै पहल भएको छैन।, ‘हराएको पिल्लरबारे कसैले वास्ता नै नगरेको नाम्खा गाउँपालिका वडा नं.६ लिमिका वडाअध्यक्ष पाल्जोर तामाङले बताए । हराएको स्तम्भको बारे कुरा निस्केको भए पनि काम नगर्ने कुरा मात्र गर्ने हाम्रो प्रवृत्तिका कारण यसो हुन गएको हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका कार्मातुन्डुप लामाले बताए ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *