नायिका पूजा शर्मा र श्वेता खड्का राहात लिएर मेलम्ची जाँदै

Bymicrosansar

२०७८ असार ३, बिहीबार १३:१५ गते २०७८ असार ३, बिहीबार १३:१५ गते २०७८ असार ३, बिहीबार १३:१५ गते , , ,

काठमाडौँ- ३,असार,२०७८

बर्षायामकाे सुरुवातसंगै देशका विभिन्न ठाउँहरुमा बाढी पहिरोले वितण्डा मच्चाईरहेकाे छ। यतिखेर बाढीकाे अधिकतम चपेटामा भने सिन्धुपाल्चोक रहेकाे छ। यतिबेला मेलम्चीका स्थानीयहरुको बासस्थान बगरमा परिणत भएको छ ।

कैयौँ मानिसहरु घरबार बिहिन बनिरहेका बेला मेलम्ची बाढी प्रभावितहरुलाई राहत र सहयोग गर्नेहरूको भिडमा चलचित्रकर्मीहरुलेपनि सहयोगका हात अगाडी बढाएका छन् ।’ 

‘यसैबिच नायिका श्वेता खड्का र पूजा शर्माले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि सहयोग वितरण गर्ने भएका छन् । गृहजिल्लाबासीहरु दुखमा परेको क्षणमा आँफु निकै दुखी भएको भन्दै शुक्रबार पूजाले सहयोग गर्ने उल्लेख गरेकी छिन् ।’ 

‘उनले सुख आफूलाई मात्र भएर पनि मन खुशी नहुने भन्दै अरुलाई दुःख पर्दा मन रुने कुरा उल्लेख गर्दै पिडितको पीडामा मलम लगाउन पाउदा मनमा शान्ति मिल्ने उल्लेख गरेकी छिन् ‘ 

‘त्यस्तै नायिका श्वेता खड्कालेपनि सहयोगीहरुको साथमा खाद्यान्न लिएर मेलम्चीनै गएर राहात वितरण गर्ने उल्लेख गरेकी छिन् । नायिका श्वेताले यसअघि पनि पटक पटक सहयोग गर्दै आएकी छिन् ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *