काठमाडौं -असोज ५ , २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान ।

पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो बजारमा फरकफरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नआएका हैनन्। दिनहुँजसो आईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा र परिचर्चा बटुल्न सफल भैरहेका हुन्छन।पछिल्लो समय बजारमा नयाँ गितहरु लगातार आइरहेका छन ।

यसैक्रममा सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारी र गायक मनिश श्रेस्ठको आवाजमा एउटा फरक किसिमको नयाँ गित ‘नभेटेको दुई दिन भो ’ बोलको को म्युजिक भिडियो बजारमा आएको छ ।गितमा शब्द खुशी राइको को रहेको छ भने सङ्गीत मनिश श्रेष्ठको रहेको छ। मनिश श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन र दिन्सोन शाहको सम्पादन रहेको छ।

त्यसैगरी गीतको भिडियोमा केकि अधिकारि, मनिश श्रेष्ठ र मनिश रन्जन बरालको दमदार अभिनय देख्न सकिन्छ। गितलाइ एनाक्सी एन्टरटेन्मेन्ट युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुहोस

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *