काठमाडौं -असोज ५ , २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।

पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्।

प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ। अचेल दैनिकजसो बजारमा फरकफरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।

उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नआएका हैनन्। दिनहुँजसो आईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा र परिचर्चा बटुल्न सफल भैरहेका हुन्छन।पछिल्लो समय बजारमा लगातार नयाँ दशैका गितहरु आइरहेका छन ।

यसैक्रममा नेपालीहरु को माहान चाँड दशैं र तिहार लाई मध्यनजर गर्दै नव प्रतिभा रबिना परियार र लोकदोहोरी गायक भिमसेन खतिवडाको आवाजमा एउटा फरक किसिमको नयाँ गित ‘दसैँ तिहार सान्नानी’ बोलको को म्युजिक भिडियो बजारमा आएको छ ।

गितमा शब्द तथा सङ्गीत भिमसेन खतिवडा को रहेको छ । भने मिलन श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा मुकेश हुमागाईको छायाँकन र रोशन धितालको सम्पादन रहेको छ। गितमा एरेन्ज भने बिष्णु तामाङ र मिक्सिङ कुमार सानू पुन को रहेको छ ।त्यसैगरी गीतको भिडियोमा नकुल खतिवडा र तुलसा पाण्डे को दमदार अभिनय देख्न सकिन्छ। भने गितलाइ मेलम्ची मिडिया युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुहोस

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *