काठमाडौ । ६ असाेज २०७७

केन्द्रीय कारागार सुन्धारामा थप एक कै दीको कोरोनाबाट निधन भएको छ । रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोमबार साँझ कोरोना पुष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताएकाछन्।

उनको गत शनिबार वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो। निधन पछि गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो। कर्तव्य ज्यान मु द्दामा जन्म कै दको जे ल सजाय का टि रहेका ६३ बर्षिय मृतक पुरुष मिर्गौला रोगी समेत रहेको बताइएको छ ।

उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो।भने त्यही दिन उनको निधन भएको थियो।उनका आफन्तले भने कोरोना र बिमारी नभइ अन्य कारणले नै ज्यान गएको गुनासो गरिरहेका छन्। कोरोना पुष्टि भएको भन्दै आफुहरुलाई शव नदेखाइएको भन्दै आफन्तले अस्पतालमै विरोध गरेका छन् ।

आफन्तहरुले शवको पोष्टमार्टम गर्नुपर्ने माग राखेका छन् । कोरोनाको नाम दिएर उनको कसैले ज्यान लिएको आफन्तको गुनासो छ ।

भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *