मलाई बाच्न मन छैन अब सधै को लागि जेल हाल वा मारिदेउ- ज्ञानेन्द्र शाही

Bymicrosansar

२०७८ असार ४, शुक्रबार ०३:२८ गते २०७८ असार ४, शुक्रबार ०३:२८ गते २०७८ असार ४, शुक्रबार ०३:२८ गते ,
Gyanendra Shahi ज्ञानेन्द्र शाही

काठमाडौँ- ४ असार २०७८

हाम्रो नेपाल हामी नेपालीका संयोजक समेत रहेका ज्ञानेन्द्र शाहीले आफ्नो शुभचिन्तक र विरोधिलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् स्टाटस लेख्दै यस्तो सन्देश दिएका छन् ।

मलाई बाच्न मन छैन अब सधै को लागि जेल हाल वा मारिदेउ

मेरो संदेश आम मेरा शुभचिन्तक र मेरा प्रिय बिरोधि मित्रहरू लाई सत्य कुरा बोल्न पनि झुटको साहरा लिनु प्रने कस्तो समाजमा जन्मिएछौ सत्य कुरा को पनि बार बार स्पष्टीकरण दिनु प्रने त्यसैले होला भिमसेन थापाले सेरिएर मर्नु परो यहि देशमा ,मदन भण्डारी को हत्या भो, राजा बिरेन्द्र को परिवारको बंशनाश भो यहि देशमा ,कोभिडको समयमा आफनो ज्यान को प्रबाह नगरी निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ सामग्री लिएर लाखौं जनताको ज्यान बचाउदाँ पनि हुने नहुने भिडियो एडिट गरि गरि आरोप खेप्नु प्रने यहि देशमा ,

आक्रमणकारीले गल्ती स्वीकार गरे पनि नदेख्ने र नसुन्ने केही पत्रकार छन यहि देशमा ,हत्यारा र अपराधी नेता बन्ने यहि देशमा , सायद त्यहि भएर होला यो देशमा केही गर्न सक्ने क्षामतावान दक्ष जनशक्ति युबाहरु रातदिन बिदेश पलाएन भएका छन । मेरा प्रिय मित्र प्रहरीहरु हो आउ मलाई पक्राउ गर र सधै को लागि जेल हाल वा मारिदेउ मलाई बाच्न मन छैन अब ।।

याे भिडियोपनि हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *