काठमाडौं। ७ असाेज २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । एक तवरले भन्नेनै हाे भने गीत संगीत पनि एउटा सुखदुःखकाे सहयात्री जस्तै हुन् दु:ख पर्दा हाेस् या खुसी उत्साहकाे बखत सुन्ने र रमाउने भनेकै गीत संगीत हाे अाखिर गीत संगीतलाई माया नगर्ने र नरुचाउने त काे नै हाेला र।

समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे। जे हाेस् पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।यसैक्रममा वसन्त थापा र शान्ती श्री परियारको आवाजमा एउटा फरक किसिमको नयाँ गीत ‘माया हाँसेको’ बोलको को म्युजिक भिडियो बजारमा आएको छ ।

यस अघि नै गित लिरिकल भिडियो मार्फत बजारमा आइसकेको थियो । यस गितले लिरिकल भिडियो मार्फत नै एक किसिमको सफलता हात पारिसकेको छ। यो गित ले टिकटकमा पनि राम्रो स्थान पाएको थियो । कोरोनाको कहर अलि कमि भएपछि औपचारिक रुपमा म्युजिक भिडियो लिएर आउने प्रतिबद्धता सर्जक प्रल्हाद सुवेदीले गरेका थिए ।

त्यसै अनुरुप म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।गितमा शब्द प्रल्हाद सुबेदी को रहेको छ। त्यसैगरि सङ्गीत वसन्त थापा काे रहेको छ।भने शिब बि.कको निर्देशन तथा कोरियग्राफी रहेको म्युजिक भिडियोमा अजय रेग्मीको छायाँकन, बिकास ज्ञावलिको सम्पादन रहेको छ ।

गितमा एरेन्ज तथा मिक्सिङ भने आशिस अभिरलको रहेको छ । त्यसैगरी गीतको भिडियोमा दुर्गेश थापा र लोसिना लामिछानेको दमदार अभिनय देख्न सकिन्छ । गितलाई प्रल्हाद सुवेदी युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियाे हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *