काठमाडौं। ७ असाेज,२०७७

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्ने र कुलमान घिसिङकाे समर्थन गर्ने र वाह वाह गर्नेहरुलाई पाखेको संज्ञा दिएका छन्।

प्राईम टेलिभिजन बाट प्रसारण हुने पत्रकार ऋषि धमला द्वारा संचालित कार्यक्रम जनता जान्न चाहन्छन् मा अन्तरबार्ताकाे क्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले यस्तो टिप्पणी गरेका हुन् ।

पत्रकार धमलालेले कुलमानजीकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो नि ? भनेर प्रश्न सोध्दा थापाले यस्तो बताएका हुन् ।

उनले भनेका छन् जनताले सडकमा उत्रिएर कुलमान घिसिङलाई भगवान भनेपनि वाह वाह गरेपनि हामीले भगवान भन्छौं त ।

‘कुलमानजी भगवान होईन, उहाँ मानिस हो । तपाईं मानिस हो । म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजीपनि मानिस हो ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *