गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

Bymicrosansar

२०७८ असार ४, शुक्रबार ११:३१ गते २०७८ असार ४, शुक्रबार ११:३१ गते २०७८ असार ४, शुक्रबार ११:३१ गते ,
कृष्णचन्द्र नेपाली पोखरेल

काठमाडौं-४ असार २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकाेमा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।नेकपा एमालेबाहेक सबै दलले पक्षमा मतदान गरेका थिए।

२९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका हुन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो। कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए।

जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछि सभामा सांसद कायम संख्या ५९ छ। मुख्यमन्त्रीलाई कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *