निषेधाज्ञाका काे कारण राेकियाे ‘जुठे’को प्रशारण

Bymicrosansar

२०७८ असार ४, शुक्रबार १२:५८ गते २०७८ असार ४, शुक्रबार १२:५८ गते २०७८ असार ४, शुक्रबार १२:५८ गते ,
लाेकप्रिय टेलिसिरियल जुठे

काठमाडौं, ४ असार २०७८

हिमालय टेलिभिजनबाट बुधबार बेलुकी बजे प्रसारण हुँदै आएको लाेकप्रिय टेलिसिरियल जुठे’को प्रशारण निषेधाज्ञाकाे कारण रोकिने भएको छ। निषेधाज्ञाको समयमा पनि प्रशारण हुँदै आइरहेकाे टेलिसिरियलको प्रशारण अब भने पुर्णतः राेकिने भएको छ।

यसअघि प्रसारण भएको भागहरु निषेधाज्ञा पहिल्यै खिचेका स्टक भागहरु थियाे भने अहिले छायाँकनको माहोल नरहेकाे र छायांकन गर्न असंभव भएका कारणले प्रशारण रोक्न लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार मरिचमान श्रेष्ठले बताएका छन्। निषेधाज्ञा खुकुलो भएलगत्तै पुनः छायाँकन गरेर “जुठे” प्रशारणमा ल्याइने उनले बताएका छन् ।

उक्त जुठे टेलिसिरियलले उठाएको विषयवस्तुमा दलित समुदायका केही अभियन्ताले गुनासो समेत गरेका थिए । ती गुनासोहरुलाई आत्मसात गर्दै आगामी दिनहरुमा ‘जुठे’लाई अझै परिस्कृत बनाउदै दर्शकमाझ लिएर आउने बताएका छन्।

मरिचमानराजु पौडेलको संयुक्त लेखत एवं निर्देशन रहेको टेलिसिरियलमा यी दुईका साथ रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा लगायतका कलाकारको अभिनय छ। सिरियललाई राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्दै आएका थिए भने रविन भट्टले सम्पादन गर्दै आएका थिए ।

सामाजिक विषयवस्तुमा निर्माण हुँदै आएको टेलिसिरियलले प्रशारण शुरु गरेको छोटो समयमै लोकप्रियता कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *