दुखद खबर मेलम्ची खोलामा आएको बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

Bymicrosansar

२०७८ असार ५, शनिबार ०९:०७ गते २०७८ असार ५, शनिबार ०९:०७ गते २०७८ असार ५, शनिबार ०९:०७ गते
मेलम्ची

शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय ढलाएको छ ।

भवनसँगै केही  सामानहरू पनि बगाएको इप्रकामा कार्यरत हबल्दार इन्द्र अधिकारीले जानकारी दिए । ‘सुरुको दिनमा किचन र ट्वाइलेट ढलाएको थियो । शुक्रबार रातिको बाढीले भवन पनि ढले,’ अधिकारीले भने ।

केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ‘अहिले हामीले माथि एक जना स्थानीयको घरमा राखेका छौं,’ उनले भने ।

त्यसैगरी शुक्राबारको बाढीले ग्याल्थुम बजारस्थित इस्ट प्वाइन्ट एकेडेमी नामक बोर्डिङ स्कुलको भवन पनि ढलाएको स्थानीय तथा एमाले बागमती प्रदेश कमिटी सदस्य हस्त पण्डितले जानकारी दिए । थप क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *