काठमाडौं। १३ असाेज २०७७

यही दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको । चलचित्र (लक्ष्मी पूजा) काे पहिलो गीत ‘जिन्दगी’ सार्वजनिक गरिएको छ ।माण्डवी त्रिपाठीको स्वर दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत रहेको उक्त गीतकाे भिडियोमा चलचित्रका मुख्य कलाकार अस्मिता जुरेली, जयकिशन बस्नेत र नीर शाहलाई देखाइएको छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई शोभित बस्नेतले निर्माण गरेका हुन् । भने फिल्ममा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुुरेली, र नीर शाहको अभिनय रहेको छ । उक्त चलचित्रमा सलोन र रियाशा विशेष भूमिकामा देखिँदैछन् ।

जाहन्वीको शीर्ष भूमिका रहेको फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको चलचित्रले दशैं र तिहारको परिवेशलाई झल्काएकाे छ।

भिडियो हेर्नुहोस् :-

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *