मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन गरे २ बर्ष कैद र एकलाख जरिवाना हुने

Bymicrosansar

२०७८ असार ५, शनिबार १०:०१ गते २०७८ असार ५, शनिबार १०:०१ गते २०७८ असार ५, शनिबार १०:०१ गते
मेलम्ची

मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यलयले एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन बस्तुको कारोबार गरेमा दुई वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना गराउने चेतावनी दिएकाे छ ।

मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन गरे २ बर्ष कैद र एकलाख जरिवाना हुने

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा (मोबाइल नम्बर ९८४१३९२८८३) मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ।

मनसुन सक्रिय रहेकाले भारी वर्षाका कारण नदीहरुमा पानीकाे बहाव बढेर बाढी आउने, भू-क्षय, पहिरो जाने, नदी तटीय क्षेत्रमा ढुबान हुने तथा सडक यातायात प्रभावित हुन सक्ने संभावना रहेकाले सतर्क र सुरक्षीत रहन साथै त्यस्तो समस्या पर्ने देखिएमा/ परेमा नजिकैको सुरक्षा निकायमा खबर गरिदिनुहुन सिन्धुपाल्चोक बासीहरुमा अनुरोध गर्दछौं ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *