कति राजनिती गरेको म माथी: ज्ञानेन्द्र शाही

Bymicrosansar

२०७८ असार ५, शनिबार १०:५९ गते २०७८ असार ५, शनिबार १०:५९ गते २०७८ असार ५, शनिबार १०:५९ गते
ज्ञानेन्द्र शाही

हाम्रो नेपाल हामी नेपालीका संयोजक समेत रहेका ज्ञानेन्द्र शाहीले आफ्नो शुभचिन्तक र विरोधिलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् स्टाटस लेख्दै आफुमाथी लागेकाे आराेपबारे बाेलेका छन् ।

सुर्खेत घटनापछि एकएक आलाेचित बन्दै गएका ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्कि दिएकाे भन्ने हल्ला संजालमा चर्चाकाे विषय बनिरहेकाे बेला शाहीले भने आफुले पत्रकारलाई धम्की नदिएकाे प्रष्ट पारेका छन्।

कति राजनिती गरेको म माथी: ज्ञानेन्द्र शाही

उनले आफ्नाे बारेमा झुठो समाचार लेख्ने जे मन लाग्यो तेहि बोल्ने र चरित्र हत्या गर्ने काम मात्रै भएको र आफुमाथी राजनिती गरेर बदनाम मात्रै गर्ने दाउमा लागेको बताएका छन् । उनले भनेका छन यदि उक्त समाचार सही हाे भने अडियो सार्वजनिक गरिदिन र सम्बन्धित टेलिभिजन बाटनै प्रसारण गरिदिन पनि अनुरोध संगै चुनाैती पनि दिएका छन् ।

शाहीले सामाजिक संजाल फेसबुकमा राखेकाे स्टाट्स यस्तो छ,

मैले पत्रकारलाई धम्कि दिए भन्ने हल्ला बजारमा रहेछ के धम्की दिएछु अडियो सार्बजनिक गरिदिन हुन र सम्बन्धित टेलिभिजन बाट प्रसारण गरिदिन हुन अनुरोध छ ।

मेरो बारेमा झुठो समाचार लेख्ने जे मन लाग्यो तेहि बोल्ने टिभिमा मेरो चरित्र हत्या गर्ने तर सत्य समाचार यो हो बहिनी भन्दा मैले धम्की दिए भन्ने यदि हिम्मत छ भने अडियो सार्बजनिक गर्नुहोस् फैसला नेपाली जनता ले गर्ने छन कति राजनिती गरेको म माथी ?

याे पनि हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *