गोरखा नगरपालिका वडा न १ मा ६१९ घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण

Bymicrosansar

२०७८ असार ५, शनिबार १४:१३ गते २०७८ असार ५, शनिबार १४:१३ गते २०७८ असार ५, शनिबार १४:१३ गते
गोरखा

गोरखा नगरपालिका वडा न १ मा ६१९ घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । वडा न १ को कार्यलयमा वडाका वडा अध्यक्ष हिक्मत बहादुर कुवर , ताप्ले स्वास्थ्य चौकि प्रमुख , पार्टीका प्रतिनिधिहरु , बुद्धिजीवीहरु लगायतका वडा सदस्यहरुको उपस्थितिमा उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

अत्मरेमा १२० प्याकेट , मानपुरमा १९० प्याकेट , समिडाडामा ५० प्याकेट , बार्हबिसे लाई १७ प्याकेट माक्स + १७ वटा साबुन , ताप्ले डाडालाई ६९ प्याकेट , छाप्थोकलाई १३० प्याकेट + १०० पिस माक्स र बाँकी रहेको माक्सका प्याकेट र साबुनहरु वडा कार्यलयमा हिक्मत बहादुर कुवरलाई अमित भट्ट र सुदिप पनेरु द्वारा हस्तान्तरण गरिएको हो । ३४००० पिस माक्स गोरखा जिल्लाका प्रहरी कार्यलयहरु लाई र वडालाई पुर्याइएको हो ।

ताप्ले वडालाई स्वास्थ्य सामाग्री सहयोग गर्नेहरुको विवरण यस्तो छ :-

दिप खत्री :- ५००० पिस माक्स सन्दिप भट्ट :- ५००० पिस + १०० पिस साबुन मदन थापा :- ४४०० लक्ष्मण पनेरु :- ४००० बिजय बानिया :- २५०० सन्तोष पाण्डे :- २५०० अमृत देवकोटा :- २००० पिस माक्स र ४ वटा अक्सिमिटर सरोज बानिया :- २००० पिस दामोदर कुवर :- २००० पिस नविन क्षेतृ :- १००० पिस सुरेश अछामी :- १००० पिस नवराज भट्ट :- १००० पिस दिपेन्द्र कुवर भट्ट – १००० पिस कल्यान भट्ट : १००० पिस दिनेश बन्जरा :- १०० पिस साबुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *