Rabi Lamechhane

सामाजिक अभियन्ताकाे रुपमा आफुलाई चिनाउदै आएका ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परे लगत्तै केही दिनयता सामाजिक संजाल निक्कै तात्तिरहेकाे छ युवा नेतृ खुश्बु घिमिरेले आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै उजुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरेकाे थियाे समाजसेवामा लागेकी ज्वाला संग्रौलालाई दुःख दिन पक्राउ गरिएको भन्दै पुर्व सचिव भिम उपाध्याय चर्चित संचारकर्मी रबि लामिछाने लगाएत संग्राेलाका शुभचिन्तकहरुले रिहाईकाे तिव्र माग गरेका छन्।

संचारकर्मी रबि लामिछानेले सामाजिक संजाल फेसबुकमा एउटा स्टाट्स राख्दै भनेका छन् ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।

जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस्।तर बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न,मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नरचियोस् है।न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ़ छु।

त्यस्तै पूर्वसचिव भीम उपाध्यायले पनि समाजसेवामा लागेकी ज्वाला संग्रोलालाई दुःख दिन पक्राउ गरिएको भन्दै उनलाई रिहा गर्न माग गरेका छन् । गरिब दुःखी जनताको साथमा रहने र उनीहरूको कष्ट निवारण गर्न संग्रौला समाज सेवामा खटिएको सबैले देखेको उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन् ।

काम गर्दा कतै भनाभन वा झड्प भएको भए धरौटी वा तारेखमा राखेर पनि अनुसन्धान गर्न सकिने उपाय हुँदाहुँदै उनलाई दुःख दिन प्रहरी प्रशासन लागेको भन्दै उपाध्यायले कसैको दबाबमा जसलाई पक्रिहाल्ने, थुन्ने र दुःख दिने नियत राखेर पुलिस फोर्सले कहिल्यै माया र जस पाउदैन् भनेका छन् ।

समाज सेवामा लाग्नेहरूको बिरूद्धमा अलोकप्रिय नेताहरू र तिनका पिछलग्गुहरू जाईलाग्ने गरेको तथ्य पुलिसले पनि राम्ररी बुझ्नुपर्छ भन्दै उनले नत्र जनताको सुरक्षामा खटिने प्रहरीप्रति जनताका समाज सेवकमाथिको गलत व्यवहारलाई जनताले नै गलत नजरले हेर्दै जाने बताएका छन् ।

उपाध्यायले भनेका छन्, ‘राज्यले कसैलाई थुन्नु बहादुरी हैन, अधिकारको दुरूपयोग हुन्छ। ननबेलेबलबाहेक सबै केसमा तारेखमा छाडेर कानुनी कार्यवाही गर्नु नै स्वच्छ पुलिस प्रशासनको कार्यशैली हुनुपर्छ। पुलिस शक्तिको दुरूपयोग हुनु भनेको शासन कबाडी भएको लक्षण भनेर बुझिन्छ।’ मुलुकमा पुलिस निरन्तर बद्नाम हुदै जानु पनि यस्तै अनपेक्षित पटक पटकका अविवेकी कार्यशैलीका कारण हुँदै आएको उनले बताएका छन् ।

उपाध्यायले लोकतन्त्रमा पुलिसको छबि सुधार्न झन् जरूरी रहेको भन्दै नवनियुक्त गृहमन्त्रीले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *