काठमाडाै- असाेज २१, २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। एक तवरले भन्ने नै हाे भने गीत संगीत पनि एउटा सुखदुःखकाे सहयात्री जस्तै हुन् दु:ख पर्दा हाेस् या खुसी उत्साहकाे बखत सुन्ने र रमाउने भनेकै गीत संगीत हाे अाखिर गीत संगीतलाई माया नगर्ने र नरुचाउने त काे नै हाेला र। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्।प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ। अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् ।

कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे। जे हाेस् पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।

यसैक्रममा चर्चित बाल गायिका कमला घिमिरे र चर्चित गायक अमृत सापकोटा को आवाजमा एउटा फरक किसिमको नयाँ लोकदोहोरी गित ‘औँठी सुनैको’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

गितमा शब्द अब्बल सर्जक शिव हमालको रहेको छ । भने सङ्गीत राधिका हमालको रहेको छ। बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा प्रकाश खड्काको छायाँकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ। गितमा एरेन्ज भने बिश्वास नेपालको रहेको छ ।त्यसैगरी गीतको भिडियोमा थुप्रै चर्चित कलाकारहरुको अनुहार देख्न सकिन्छ ।

कलाकारहरु अमृत सापकोटा, प्रेम खड्का,धुर्ब हिमाली, लोमस शर्मा , अर्जुन गौतम , कमला घिमिरे , रिना थापा , टीका जैसी , टीका सानू , सन्चिता शाही, आयुष्मा कार्की , कमल सर्गम, सरस्वती फुयाल, पुजा सिलवाल, लगायत अन्य कलाकारहरुको को दमदार अभिनय देख्न सकिन्छ। अमृत सापकोटा र कमला घिमिरेको यो दोस्रो गित हो ।

यस भन्दा अगाडि बजारमा आएको गित ‘चिया छानेको’ बोलको गितले अत्याधिक चर्चा पाएको थियो । करिब एक बर्ष पछाडी फेरि कमला र अमृतको को आवाजमा अर्को मीठो गित सार्बजनिक भएको छ । यो नयाँ गितमा पनि ‘चिया छानेको’ जस्तै माया पाउनेमा गायक सापकोटा बिश्वस्थ रहेका छन । गितको भिडियोलाइ विशाल इन्टरटेनमेन्ट युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुहोस

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *