काठमाडाै- असाेज २१, २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्रमा निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। एक तवरले भन्ने नै हाे भने गीत संगीत पनि एउटा सुखदुःखकाे सहयात्री जस्तै हुन् दु:ख पर्दा हाेस् या खुसी उत्साहकाे बखत सुन्ने र रमाउने भनेकै गीत संगीत हाे अाखिर गीत संगीतलाई माया नगर्ने र नरुचाउने त काे नै हाेला र।

समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्।

प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ। अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो, कुनै धार्मिक भजन जस्ले शरिरमा नयाँ उर्जा दिने प्रयास गर्छ खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे।

यसैक्रममा गायिका मन्जना श्रेस्ठको आवाजमा एउटा फरक किसिमको नयाँ भजन ‘जय जय पाथिभारा माता’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । भजनमा शब्द भुवन श्रेष्ठ (मुस्कान) को रहेको छ । भने सङ्गीत डि बि लामा को रहेको छ। भुवन श्रेष्ठ (मुस्कान) कै निर्देशन रहेको म्युजिक भिडियोमा जनकराज अधिकारि, हर्कराज गुरुङ र सुरज ओझाको छायाँकन र सङ्गीत बानियाले सम्पादन गरेका छन ।

पाथिभरा मन्दिर भक्तजनहरूको आस्थामा केन्दित गरेर निर्देशक भुवन श्रेष्ठ (मुस्कान) ले एउटा निकै मीठो भजन बजारमा ल्याएका छन। पाथीभारा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो। यो मन्दिर हिन्दु एवं बौद्द हरूको महत्त्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको को १२ हजार फिट उचाइमा रहेको छ ।

विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्ग्लिङ्ग बाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ। यसै महत्त्व दर्साउन निर्देशक श्रेष्ठले भिडियोको लागी पाथीभारा मन्दिर रोज्न पुगे ।

भिडियो निकै आकर्षक र राम्रो बनेको छ । यो भजन सुन्दा मन नै आनन्दित तुल्याउने खालको रहेको छ। उक्त भजनको भिडियोलाइ दृश्य नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुहोस

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *