काठमाडाै- असाेज २३, २०७७

पछिल्लो समय नेपाली गीत संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। एक तवरले भन्ने नै हाे भने गीत संगीत पनि एउटा सुखदुःखकाे सहयात्री जस्तै हुन् दु:ख पर्दा हाेस् या खुसी उत्साहकाे बखत सुन्ने र रमाउने भनेकै गीत संगीत हाे अाखिर गीत संगीतलाई माया नगर्ने र नरुचाउने त काे नै हाेला र। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्।प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो त्यसैगरी विभिन्न जात, धर्म, रितिरिवाज परम्परा सङ्ग सम्बन्धित गित सङ्गीत ले अझ थुप्रै उर्जा प्रदान गर्छ । खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे।

जे हाेस् पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।यसैक्रममा गायक विश्व दोङ र गायिका शसिकला मोक्तानको आवाजमा एउटा फरक किसिमको नयाँ तामाङ गित ‘कहाँको मैच्याङ’ बोलको म्युजिक भिडियोको छायांकन सकिएको छ । बजारमा भने केही दिन मै आउने निर्माण टिमले बताएको छ ।

गितमा शब्द तथा सङ्गीत प्रयास तामङ को रहेको छ । नेपाली चलचित्र उधोगका थुप्रै हिट गितका निर्देशक हेरुका लामा को निर्देशन रहेको म्युजिक भिडियोमा डम्बर राईको छायाँकन रहेको छ। त्यसैगरी गीतको भिडियोमा थुप्रै कलाकारहरुको अनुहार देख्न सकिन्छ ।

कलाकारहरु कुईसाङ रुम्बा, अनिता नेगी, सुमिता दोङ, सन्तोष दोङ लगायत अन्य कलाकारहरुलाई देख्न सकिन्छ ।अडियोको मर्मनुसार तामाङ मौलिकतालाई केन्द्रमा राखेर भिडियो मेकिङ गरेको निर्माण टिम बताउँछन्। राज काले घिसिङको निर्माणमा संयोजन गरेको भिडियोलाई केही दिन भित्रै ‘तामाङ सेलो सङ्गालो’ युट्युबमार्फत दर्शकहरुले हेर्न पाउनेछन् ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *