काठमाडाै- असाेज २४, २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। एक तवरले भन्ने नै हाे भने गीत संगीत पनि एउटा सुखदुःखकाे सहयात्री जस्तै हुन् दु:ख पर्दा हाेस् या खुसी उत्साहकाे बखत सुन्ने र रमाउने भनेकै गीत संगीत हाे । अाखिर गीत संगीतलाई माया नगर्ने र नरुचाउने त काे नै हाेला र।

समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे। जे हाेस् पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।हिन्दु नेपालीहरुको महान पर्व बडादशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् ।

यसै क्रममा कृष्ण थापा र पुजा तामाङको आवाजमा एउटा फरक किसिमको नयाँ दशैँ गीत ‘आयो दशैं’ सार्वजनिक भएको छ । गितमा शब्द भोला पौडेलको रहेको छ भने सङ्गीत मनोहर सुनामको रहेको छ । गितमा एरेन्ज पनि सुनाम कै रहेको छ । त्यसैगरी म्युजिक भिडियोमा सुरत श्रेष्ठ र मनिस मानन्धरको छायांकन तथा सुरेन्द्र श्रेष्ठको सम्पादन रहेको छ । म्यूजिक खबर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा दशैंले ल्याउने रौनक र खुशीको वर्णन गरिएको छ ।

भिडियो हेर्नुहोस

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *