काठमाडाै- असाेज २७, २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। एक तवरले भन्ने नै हाे भने गीत संगीत पनि एउटा सुखदुःखकाे सहयात्री जस्तै हुन् दु:ख पर्दा हाेस् या खुसी उत्साहकाे बखत सुन्ने र रमाउने भनेकै गीत संगीत हाे अाखिर गीत संगीतलाई माया नगर्ने र नरुचाउने त काे नै हाेला र।

समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्।

प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ। अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे।

जे हाेस् पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।यसैक्रममा IME नेपाल लोक स्टारका बिजेता गायक शनि बिश्वकर्मा र गायिका शान्ता रानी परियारको आवाजमा एउटा फरक किसिमको नयाँ लोक गित ‘साइत’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । गितमा शब्द मन्जित पहाडी को रहेको छ। भने सङ्गीत अमित बाबू रोकाय को रहेको छ।

धुर्ब हिमाली को उत्कृष्ट निर्देशन रहेको म्युजिक भिडियोमा महेश बोहोरा को छायाँकन र मनोज कार्की को सम्पादन रहेको छ। त्यसैगरी गीतको भिडियोमा धुर्ब हिमाली र सुनिता भण्डारि को दमदार अभिनय देख्न सकिन्छ। यो गित शनि बिश्वकर्माको दोस्रो गित हो । यस भन्दा अगाडि शनि को आवाजमा आएको पहिलो गित ‘झुम्का झलक्कै’ सर्बाधिक रुचाइएको गित हो ।

पहिलो गित सार्वजनिक भएको करिब तीन हप्ताको फरकमा उनको अर्को नयाँ गित सार्बजनिक भएको छ। आम दर्शकहरुले नेपाली लोक साङ्गितिक क्षेत्रमा उदयिमान गायकको रुपमा शनि बिश्वकर्मालाई लिएका छन ।

उनको यो दोस्रो गित ‘साइत’ सार्वजनिक भए सङ्गै दर्शकको सकारात्मक प्रतिक्रिया आउन थालिसकेको छ । गितको भिडियोलाइ ‘ अमित बाबू रोकाय’ युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुहोस

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *