गोरखा । मंसिर २१/२०७७

गोरखा जिल्लाका एक हाेनाहार सक्षम पत्रकार राजेन्द्र न्यौपानेलाई ज्यान मार्ने धम्की सहित अन्यत्र अाक्षेप लगाउने रचन परियारलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ गोरखाले माग गरेको छ ।

शनिबार गोरखा अस्पतालमा चिकित्सक र बिरामीका अफन्तबिच भएको विवादको घटनालाई लिएर रचन परियारले पत्रकार न्यौपानेलाई अपशब्दसहित ज्यान मार्ने धम्की दिएको भन्दै गाेरखा पत्रकार महासंघले कारबाहीको माग गरेको छ।

गाेरखा पत्रकार महासंघले आइतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै अस्पतालकाे बिषयलाई लिएर ज्यान मार्ने र अपशब्दपुर्ण धम्की दिएको घटना खेदपूर्ण भएको भन्दै दोषीलाई पक्राउ गरि कानुनी कारवाहीको लागि माग गरेको छ।

गाेरखा जिल्ला महासंघका सचिव नरहरी सापकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पत्रकार न्यौपाने माथि गोरखा नगरपालिका–५ सतिपिपल घर भई नेपाल दलित बिद्यार्थी संघ गोरखाका अध्यक्ष समेत रहेका परियारले अपाच्य गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनामा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छन्।

उक्त घटनाले पत्रकार र पत्रकारिता क्षेत्र माथी ठाडो हस्तक्षेप भएको समेत महासंघले ठहर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *