काठमाडाै- मङ्सिर २९, २०७७
पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।
पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।
अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । कुनै गीत संगीत दर्शकस्राेताकाे आँखै रसाईदिने खालका त कुनै गीत संगीतले ननाचे पनि बारुली कम्मर मर्काएर नाच्दिउ नाच्दिउ जस्तो खैर जे हाेस् गीत संगीतको विषेशता भनेकै यहीँ हाे। जे हाेस् पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।
यसैक्रममा चर्चित गायिका समीक्षा अधिकारी,बिक्रम राना र बिशाखा शाहीको आवाजमा एउटा फरक किसिमको नयाँ लोकदोहोरी गित ‘तिम्रै मायाले’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । गितमा शब्द तथा सङ्गीत नरेश खाती को रहेको छ। शिशिर खातीको उत्कृष्ट निर्देशन रहेको म्युजिक भिडियोमा संकल भुजेलको छायांकन तथा अर्जुन जि सि को सम्पादन रहेको छ। त्यसैगरी गीतको भिडियोमा नायक पल शाह र जुम्लिया दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्शी खतिवडाको दमदार अभिनय देख्न सकिन्छ। उक्त भिडियो मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ । यस गितले राम्रो माया पाउनेमा कलाकारहरु बिश्वस्थ समेत रहेका छन ।
भिडियो हेर्नुहोस