गाेरखा २०७७,१ पुष, बुधबार

गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार काठमाण्डौँबाट गोरखा हुँदै सोतीका लागि छुटेको रात्रीबस दुर्घटना भएको छ। दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

ग १ख ९४४६ नम्बरको बस भिमसेन थापा गाउँपालिका ३ तान्द्राङ मुरलीचोकमा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिएका छन्। दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । भने पाँच जनाकाे अवस्था गम्भिर रहेको छ।

गम्भीर घाइते हुनेहरूमा गोरखा धार्चे ६ का ५० बर्षिय सुरमान घले, भिमसेन थापा ३ बस्ने २९ बर्षिय उत्तम पुडासैनी, साेही ठाउका ३० बर्षिय मनोज पुडासैनी, उज्वल पुडासैनी र धार्चे स्थित केरौँजा बस्ने ३२ बर्षिय कान्छि गुरुङ रहेको प्रहरीले जनाएको छ ।भने अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उनीहरुको टाउको र छात्तीमा चोट लागेकाे छ । गम्भिर घाईते तीन जनालाई काठमाण्डौँ र दुई जनालाई गोरखा अस्पतालमा उपचारका लागि लगिँएकाे प्रहरी स्रोतले जानकारी दिएको छ।

बस सडकबाट करिब ५० मिटर तल खसेको ट्राफिक प्रमुख ढकालले बताए । चालक इलाका प्रहरी कार्यालय आरुघाटको नियन्त्रणमा छन् ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *