काठमाडाै- पौष १, २०७७

पछिल्लो समय नेपाली गीत संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन्।

पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्।

प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुले नै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।

यसैक्रममा पछिल्लो समय अत्याधिक रुचाइएकी गायिका समीक्षा अधिकारी र गायक प्रबिन बेड्वाल को आवाजमा एउटा फरक किसिमको नयाँ गित ‘लाइदेउ माया’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

गितमा शब्द गणेश उप्रेतीको रहेको छ।भने सङ्गीत पुरुसोत्तम न्यौपानेको रहेको छ। यो गितबाट आम दर्शक श्रोताको मन जित्नेमा निर्माण टिम बिश्वस्थ रहेको छ । यस भन्दा अगाडि पनि उप्रेती कै शब्दमा ‘लगन जुरेर’ सार्वजनिक भैसकेको छ ।

यसैगरी शक्ति प्रज्वल घिमिरेको उत्कृष्ट निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियोमा नमराज घिमिरेको छायांकन रहेको छ।त्यसैगरी गीतको भिडियोमा सागर लम्साल(बले) गरिमा शर्मा, र गणेश उप्रेतीकाे दमदार अभिनय देख्न सकिन्छ।

गितको भिडियोलाइ ‘एरिना इन्टरटेनमेण्ट’युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुहोस

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *