काठमाडाै- पौष १,२०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।

पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।

बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।

यसैक्रममा बहुचर्चित लोक तथा दोहोरी गायिका बिष्णु माझी र गायक बिरु लामाको आवाजमा एउटा फरक किसिमको नयाँ लोकदोहोरी गित ‘भिरमा सेती गाई ’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

साङ्गितिक बजारमा एकै दिन ठुला बजेटका तीन गितहरु करिब एक/एक घण्टाको फरकमा सार्बजनिक भएका थिए । तिनै तीन गित मध्य ‘भिरमा सेती गाई’ पनि एक हो। यो गितले बिस्तारै चर्चा बटुल्दै समेत गएको छ ।

गितमा शब्द तथा सङ्गीत अब्बल सर्जक शिव हमालको रहेको छ। मौसम हिमाली को उत्कृष्ट निर्देशन रहेको म्युजिक भिडियोमा अजय रेग्मीको छायाँकन र प्रबिन भट्टको सम्पादन रहेको छ। गितमा एरेन्ज भने सुनिल परियारको रहेको छ।

त्यसैगरी गीतको भिडियोमा सागर लाम्साल(बले) र रुबिना अधिकारीको दमदार अभिनय देख्न सकिन्छ। गितको भिडियोलाइ ‘शिव हमाल’ युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुहोस

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *