काठमाडाै- पौष २,२०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।

पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।

बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।

यसै सन्दर्भमा गायक सुनिल कटुवाल र गायिका समिक्षा अधिकारीले “केटो अलि कमाउनेहोस” बाेलकाे म्युजिक भिडियो लिएर अाएकाछन्।

उक्त गीतमा दिग्गज धौरालीको शब्द रहेको छ भने अर्जुन पोख्ररेलको संगीत रहेको छ। भिडियो निर्देशन विधान कार्कीले गरेका छन् भने उक्त म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला,अजय श्रीस र अस्मिता अधिकारीको दमदार अभिनय देख्न सकिन्छ।

विकाश दाहालको सम्पादन र कलर संयोजन रहेको छ। क्यामेरामा उत्सव दाहाल र काेरीयाेग्राफर सुरेन्द्र बसेलको रहेको छ।

उक्त म्युजिक भिडियोलाई बिशाल ईन्टरटेईमेन्ट अफिशियल मार्फत बजारमा ल्याईएकाे छ।

भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *