काठमाडाै- पौष २, २०७७
पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ।
समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।
पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।
बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ। अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् ।
यसैक्रममा चर्चित गायिका शान्ती श्री परियार र गायक मौसम गुरुङ को आवाजमा एउटा फरक किसिमको नयाँ लोकदोहोरी गित ‘छुक छुक रेलैमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।
गितमा शब्द ओम छिनालको रहेको छ भने संगीत किसान छिडालको रहेको छ। बिनोद भण्डारिको उत्कृष्ट निर्देशन रहेको म्युजिक भिडियोमा करन चैसिरको छायांकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ।
त्यसैगरी गीतको भिडियोमा बिनोद भण्डारी र जुना गुरुङ्गको दमदार अभिनय देख्न सकिन्छ। उक्त भिडियो ‘मौसम गुरुङ्ग’ युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ । यस गितले राम्रो माया पाउनेमा कलाकारहरु बिश्वस्थ समेत रहेका छन ।
भिडियो हेर्नुहोस