काठमाडाै- पौष ३, २०७७
पछिल्लो समय नेपाली गीत संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन्।
पछिल्ला समयमा अाएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन्।
बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।
अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । यसैक्रममा गायक पदम भट्टराईको को आवाजमा एउटा फरक किसिमको नयाँ गित ‘झरी झरी ’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।
गितमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ। यसैगरी संचारकर्मी सचित खड्काको उत्कृष्ट निर्देशन तथा शिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियो ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ।त्यसैगरी गीतको भिडियोमा स्वंयम गायक भट्टराई र सुरविना कार्कि को दमदार अभिनय देख्न सकिन्छ।
गितको भिडियोलाइ PDM Bhattarai युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ । यो गीतको प्रोडक्सन डिजाइनरको जिम्मेवारी राजेन्द्र गिरी (गुन्द्रुकेले) सम्हालेका छन्।
भिडियो हेर्नुहोस