काठमाडाै- पौष ३, २०७७
पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक दोहोरी गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।
पछिल्ला समयमा आएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्।
प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाउदै आएका छन भने दोहोरी ब्याटल लाई पनि त्यत्तिकै रुचाइदै आएको देख्न सकिन्छ। अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् ।
यसैक्रममा चर्चित लोकदोहोरी गायक रबिन लामिछाने र सम्झना भण्डारीको आवाजमा एउटा फरक किसिमको नयाँ लोकदोहोरी ब्याटल ‘डाडु पनियो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।
गितमा शब्द तथा संगीत रबिन लामिछानेकै रहेको छ। स्मृती तिमिल्सिनाको उत्कृष्ट निर्देशन रहेको म्युजिक भिडियोमा सुरेश श्रेस्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ।
त्यसैगरी गीतको भिडियोमा रामजी खाँड, सुस्मिता सापकोटा र लोमस शर्माको दमदार अभिनय देख्न सकिन्छ। उक्त भिडियो ‘आशिष् म्युजिक अफिसियल’ युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ । यस गितले राम्रो माया पाउनेमा कलाकारहरु बिश्वस्थ समेत रहेका छन ।
भिडियो हेर्नुहोस