काठमाडौं-१३,पुस,२०७७

संचारकर्मी बोल्ने मात्र हैन, प्रश्न गर्ने मात्र हैन,समस्यामात्र देखाउने हैन, काम पनि गर्छन भन्ने एक उदाहरणीय ब्यक्ति संचारकर्मी राजन नेपाल हुन । दुई दशकभन्दा बढी जीवन परदेशमा बिताएर अब देशमा नै केही गर्ने अभिलाषा लिएर स्वदेश फर्किएर आफ्नो माटोका खातिर आफूलाई अर्पण गरे ।

काठमाडौ भित्र पनि बिकट ठाउँ छ भन्दा धेरैलाइ आस्चर्यजनक लाग्न सक्छ तर यो यथार्थ हो । यहि यथार्थ मा आधारित भएर त्यहाँ रहेको समस्यालाइ संबेदनसिलताको आधारमा छनौट गरि काठमाडौ भित्रै एउटा स्वास्थ्यचौकी को अभावमा अकालमै ज्यान गइरहेको खबर पाएपछी तार्केश्वर नगरपालिका -१ कुन्चिप्वाकलमा स्वास्थ्य चौकी बनाउन बुलन्द आवाज अभियान मार्फत बिशेष आव्हान गरि स्वास्थ्य चौकी बनाउन आफुले पहल गर्ने उद्घोष गरे । त्यसपश्चात् लगातार फिल्ड्मै उत्रीएर त्यहाँ आबश्यक प्राबिधिक र भुमिको काम सक्काए । नेपाल ले स्वास्थ्य चौकी शिलान्यास गर्ने समय निश्चित गरि कार्यक्रममा बिशिस्ट अतिथी को रुपमा बरिस्ठ संचारकर्मी रबि लामिछाने लाई र प्रमुख अतिथिको रुपमा नगर प्रमुख लाई निम्त्याए । कार्यक्रममा तार्केश्वर नगरपालिका का मेयर रामेश्वर बोहरा र वडा अध्यक्ष बिदुर सापकोटा र नागरिक समूहका अध्यक्ष निगम हुमगाँई र अन्य जनप्रतिनिधिहरु कार्यक्रममा उपस्थित भएका थिए ।

एक सार्बजनिक कार्यक्रम गरि संचारकर्मी नेपाल ले पौष ११ गते स्वास्थ्य चौकी संचारकर्मी लामिछाने बाट शिलान्यास गराए । संचारकर्मी लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्ना केही कुरा राख्नको साथै संचारकर्मी राजन नेपाल लाई हौसला र प्रेरणा समेत दिए । उक्त कार्यक्रममा नेपाल ले पनि आफू ले रबि लामिछानेले रास्कोटमा बनाउन लागेको अस्पताल बाट प्रेरणा मिलेर यो अस्पताल बनाउन आफुले नेतृत्व गरेको बताए । स्वास्थ्य चौकी शिलान्यासमा आएका स्थानिय बासिन्दाहरु निकै हर्षित मुहारमा देखिएका थिए ।

स्वास्थ्यचौकी बनाउन करिब चालीस लाख लागत लाग्ने र त्यसमध्य करिब २२ लाख भन्दा बढी उठिसकेको बताएका छन । अब सबैको सहयोग र सद्भाव भए ६ महिना भित्र अस्पताल बनाइसक्ने नेपाल ले बताएका छन । संचारकर्मी नेपालले सबैलाइ सहयोग गर्न आव्हान समेत गरेका छन ।

भिडियो पनि हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *