काठमाडाै- पौष,१७,२०७७

पछिल्लो समय थुप्रै लोकदोहोरी गीत सङ्गीतहरु बजारमा आइरहेका छन्। यसैक्रममा लोकदोहोरी गायक प्रकाश पराजुली र गायक प्रितम पोख्रेलको आवाजमा एउटा फरक किसिमको समसामयिक लोकोदोहोरी गित ‘हामी यता छौ’ सार्वजनिक भएको छ । गीतमा शब्द गायक प्रितम पोख्रेलको रहेको छ भने लय गायक प्रकाश पराजुलीकै रहेको छ। त्यसैगरी गितमा एरेन्ज सुनिल परियारको रहेको छ। भिडियोमा प्रकाश पराजुली, प्रीतम पोख्रेल, प्रेम अर्याल , सबिन आचार्य , मानसिङ खड्का ,लगायत अन्य कलाकारहरुको दमदार अभिनय रहेको छ ।

केन्द्रिय राजनीतिमा प्रधानमन्त्री के पी ओलीले प्रतिनिधि सभा संसद बिघटन गरे पश्चात् एक किसिमको ठुलै हलचल पैदा भएको छ । संसद विघटन असंबैधानिक भएको भन्दै केही दिन अगाडि नेकपा शिर्ष नेताहरु(प्रचण्ड नेपाल पक्ष) माइतीघर मण्डलामा छातीमा ‘हामी यहाँ छौ’ लेखेको पोस्टर टाँसेर भुइँमा बसेर प्रदर्शन गरेका थिए । उक्त क्रियाकलाप लाई कलाकारहरुले गित सङ्गीत मार्फत ब्याङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन ।

गितको अडियो भिडियो निकै उत्कृष्ट बनेको छ । भिडियोलाइ मौसम हिमालीले उत्कृष्ट निर्देशन गरेका छ्न भने भिडियो को छायांकन दुर्गा पौडेल र सम्पादन राजेश नेपाल को रहेको छ ।

भिडियोमा प्रचण्ड पक्ष र केपी ओली पक्ष भएर एक अर्कामा आरोप प्रत्यारोप गरेका छन्। भिडियोमा प्रेम अर्याल लाई प्रचण्ड र सबिन आचार्य लाई केपी ओलीकाे पात्रमा देखाइएको छ । यो गितलाई निकै छोटो समयमा र थोरै लगानीमा तयार पारिएको गायक प्रितम र प्रकाश बताउँछन्।

आफूहरुले जनताको आवज उठाएको र आम दर्शकहरुले मन पराउनेमा आफूहरु धेरै आशावादी रहेको गायक पोख्रेल र पराजुलीले माइक्रो संसारसँग गरिएको कुराकानी मा बताएका छन । उक्त भिडियो ‘प्रकाश पराजुली’ युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुस्

याे पनि हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *