काठमाडौं- १९ पुस २०७७

केही दिन अगाडि मात्र बजारमा आएको समसामयिक राजनीतिक घट्नाक्रम मा केन्द्रित लोकदोहोरी गित ‘हामी यता छौ’ गित युटुब बाट हटाइएको छ । गितमा प्रचण्ड पक्ष र केपी ओली पक्ष बिच आरोप प्रत्यारोप भएको थियो । गित किन युटुब बाट हटाएको भन्ने माइक्रो संसार मिडियाको प्रश्न मा गायक दोय प्रकाश पराजुली र प्रीतम पोख्रेल भन्छन: आफूहरुलाई राजनैतिक दलका कार्यकर्ताहरुबाट धम्की आएको बताएका छन । बाटोमा हिडिरहेको अबस्थामा आफूहरुलाई मध्यरातमा बाटो नै छेकेर धम्क्याइएको बताए । त्यसपछी आफूहरुले केही कुरा परिवर्तन गरेर अपलोड गरेको बताएका छन ।

लोकदोहोरी गित मार्फत बेला बेलामा कलाकारहरुले देशमा भएका बिकृती र बिसङ्गतीहरु बिरुद्द आवाज उठाइरहेका हुन्छन । यस अघि गायक पशुपती शर्मा को गित ‘लुट्न सके लुट’ लाई पनि प्रतिबन्ध लगाइएको थियो । कलाकारहरुले यसरी बास्तबिकता लाई गित सङ्गीत मार्फत आम जनताको आवाजलाई बाहिर ल्याउदा नेता कार्यकर्ताहरुले यसरी नै धम्क्याउने प्रवृत्ति हावी हुँदै आएको छ । जुन प्रवृत्ति ‘हामी यता छौ’ को टिम माथी पनि देखिएको छ । गितले समसामयिक नेकपा भित्रको घट्नाक्रमलाई प्रतिनिधित्व गरेको थियो ।

पहिलोपटक आफूहरुले जनताको आवाजलाई गित मार्फत बाजारमा ल्याएको तर केही अराजक तत्वहरुले त्यसलाइ स्वीकार गर्न नसकेको गायक पोख्रेल र पराजुली बताउछन । अझै पनि दलका नेता कार्यकर्ताहरुले कलाकारहरुलाइ साच्चिकै कलाकारको रुपमा लिन सकेका छैनन । उनिहरु अझै पनि दल विशेष र दलका गोटि बनाउन चाहेको देखिन्छ । यस्तै प्रवृत्तिले गर्दा कलाकारहरु ले आफ्नो स्वतन्त्र शृजनाहरु पस्कन पाएको देखिदैन । लोकतान्त्र, गणतन्त्र र वाक स्वतन्त्रता को कुरा गरेर कहिल्यै नथाक्ने तिनै नेताकार्यकर्ताहरु स्वतन्त्र कलाकाराहरुले ल्याएको शृजनाहरुलाई किन स्विकार्न सकिरहेका छैनन ? यो एउटा गम्भीर प्रश्न गित सङ्गीत क्षेत्रमा देखा परेको छ । यो धम्की बाट आफूहरु नडराएको र अब अझ सशक्त भएर अन्य शृजनाहरु बजारमा ल्याउने गायक प्रीतम बताउछन ।

यस्ता डर र धम्की बाट आफ्नो कलम र शब्द नरोकिने बरु अझ शसक्त भएर अगाडि बढ्न प्रेरणा मिलेको गायक दोय पराजुली र पोख्रेलले माइक्रो संसार मिडियासङ्ग गरिएको कुराकानीमा बताएका छन ।

परिमार्जन पश्चात् अपलाेड गरिएको भिडियो हेर्नुस्

याे पनि हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *