काठमाडौं- २४ पुस २०७७

पछिल्लो समय विभिन्न किसिमका गितहरु बजारमा आइरहेका छन । यसैक्रम मा समिता दाहाल र रबि ओडको सुमधुर आवाजमा ‘तिम्रै नामको सिन्दुर’ बोलको नयाँ गित रिलिज भएको छ । गितमा शब्द दिनेश थपलिया र सङ्गीत राजनराज शिवाकोटी को रहेको छ ।

बजारमा आइरहेका गीतहरुमध्ये यो गीत केही फरक अनि मेलोडियस रहेको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । यो गीत सुन्ने जो कोहि लाई गीतको अडियो र भिडियोले मग्न मुग्ध बनाउछ । गीत सार्वजनिक भए लगत्तै राम्रा राम्रा प्रतिक्रियाहरु आइरहेका छन । दर्शकहरुले यो गितलाइ निकै रुचाइएको देखिन्छ । गीत रिलिज भएको केहि समय भित्र नै ट्रेन्डिङ्ग मा पर्न सफल भएको थियो । अहिले पनि यो गीत दर्शको अत्याधिक मायाले गर्दा ट्रेन्डिङ्ग मै रहेको छ ।

गीतको अडियो जति राम्रो छ त्यो भन्दा बढी भिडियो अकार्षक बनेको छ । भिडियो निर्माणमा निर्माण टिमले निकै मेहनत गरेको देखिन्छ । भिडियोमा थुप्रै चर्चित अनुहारहरुलाइ देख्न सकिन्छ । भिडियोमा प्रकाश चन्द ,(जसलाइ श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चिनिन्छ) सामरिका ढकाल, स्मारिका ढकाल बिजय पुन(जसलाइ पत्थरको मुटु भनेर चिनिन्छ) र अशोक घर्ती को दमदार अभिनय देख्न सकिन्छ ।

भिडियोलाइ सरोज ओलीले निर्देशन गरेका छन भने छायांकन नवराज उप्रेती को रहेको छ । त्यसैगरी कोरियोग्राफी बिक्रम स्वार र भिडियो सम्पादन अमन मानन्धर को रहेको छ ।भिडियोलाइ ‘गज्जब टिभि’ मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुस्

याे पनि हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *